२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् ।

    महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।

    बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले भने, ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’

    प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस