२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

श्रीमती मार्ने चम्पादेवीका यज्ञबहादुर यसरी परे फन्दामा

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  चम्पादेवी गाउँपालिका ८ मा श्रीमतीको शव फेला परेको केही दिनपछि हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । हत्या आरोपमा ४० वर्षीय यज्ञबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

    मृतक गंगा खत्रीको शव आइतबार गाउँमै फेला परेको थियो । मृतकका दाजुको जाहेरीका आधारमा प्रहरीले यज्ञबहादुरलाई पक्रेको हो ।

    कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए । हत्याकाे कारण खुलिसकेकाे छैन ।

    प्रतिक्रिया दिनुहोस