२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

‘अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्न सक्ने !’

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भिम रावलले अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गरेर ठुलो राष्ट्रघात गरेको बताएका छन् । एमसीसी खारेज अभियानले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता रावलले एमसीसी कार्यान्वयन हुन नसक्ने भन्दै अर्थमन्त्री खतिवडामाथि कडा प्रहार गरे ।

    नेता रावलले भनेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरूले उहाँको संरक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो ।’

    सोमबार अमेरिकी सहयोगको एमसीसी परियोजनाविरुद्ध आयोजित अर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर नेता रावलले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

    उनले एमसीसीबारे अगाडि भने, ‘एमसीसी सम्झौताका बारेमा नेकपाको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । यथास्थितिमा एमसीसी सम्झौता पारित हुँदैन । हामीले सिफारिस गरेका प्रावधानमा संशोधन भए मात्र यो लागू हुनसक्छ । सम्बन्धित पक्ष संशोधन गर्न तयार नभए यो स्वतः खारेज हुन्छ, खारेज गराउँछौं ।’

    नेता रावल एमसीसी खारेज अभियानमा सहभागी भइरहँदा हालै उनकै सहभागितामा बनेको प्रतिवेदनमा एमसीसीबारे उल्लेख छ, ‘एमसीसी सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने ।

    नेता रावलले भनेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरूले उहाँको संरक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो ।

    उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’ पार्टीको प्रतिवेदनमा सचिवालय र स्थायी कमिटीमा छलफल गरेर संशोधनसहित अनुमोदन गर्ने भनिएपनि रावल खारेज अभियानमा लागेका छन् । यी विवादित विषयमा पार्टीभित्र छलफल गर्ने र अन्तर्विरोध उत्पन्न हुने गरी अभिव्यक्ति नदिने भनिएपनि रावल सार्वजनिक रुपमै प्रस्तुत हुन थालेका छन् ।

    यसअघि समेत रावलले सामाजिक सञ्जालमा लेख्दै एमसीसी विरुद्धको अडान प्रस्ट पारेका थिए । उनले स्पष्ट पार्दै भनेका थिए, ‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दुराशयपूर्ण छ । एमसीसीबारे नेकपाको कार्यदलको प्रतिवेदनमा पनि नेकपाको हित र कानून विपरीतका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो र त्यसमा म कायम छु । प्रतिवेदनमा त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आग्रह गर्छु । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमान विपरीत कसैसँग सम्झौता हुन सक्दैन । त्यस्तो कसैले गरे मानिँदैन ।’

    यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले बनाएको प्रतिवेदन पार्टीभित्र विचाराधीन छ । पार्टीका विवाद अन्त्य गर्न बनेको कार्यदलको प्रतिवेदनबारे समेत सचिवालय र स्थायी कमिटीमा छलफल हुन बाँकी नै छ । -साभार: हिमाल पाेष्ट

    प्रतिक्रिया दिनुहोस