२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कालीकोट पहिरो : मृतकको संख्या १० पुग्यो

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

    आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए । शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल थियो ।

    यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

    यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

    यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।

    घटनास्थलमा पोष्टमार्टम 

    कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै छ । त्यसका लागि डाक्टरहरुको टोली खटाइसकेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस