२०७७ मंसिर १७, बुधबार | Wed, 02, Dec, 2020

एक जागिरे किसानकाे दैनिकी

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- धेरैले खेतीपाती गर्नुका दुखले जागीर रोज्छन् । त्यसमाथि पनि धेरैले ‘सरकारी जागीरे भए कसले हलो जोत्छ ?’ भनेर कृषिलाई हेयका भावले हेर्छन् । तर, एक सरकारी कार्यालयका प्रमुख कार्यालय समयबाहेक सधैं खेतबारीमै भेन्टिन्छन् । सिद्धिचरण नगरपालिका ३, नारायणस्थानका बालकुमार खनालले सरकारी जागीरस“गै कृषि पेशामा छन् ।

    जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिवको रुपमा कार्यरत बालकुमार खनालले पाँच वर्ष भयो फलफूल खेती र पशुपालन शुरु गरेको । कार्यालयको समय बाहेक बिहान बेलुकी उनी आफ्नो बगैँचामा व्यस्त हुन्छन् । उनले लगाएको मूख्य फलफूल खेतीमा अहिले किवि रहेको छ । गतवर्ष ५० वटा जति बोटले राम्रो उत्पादन दियो । करिब १ लाख ५० हजार जतिको किवि बिक्रि गरे ।

    यसवर्ष १ सय २० बोट भन्दा बढी किविका बोट लटरम्म छन् । तर बजारका लागि कोरोनाको कहरले गर्दा बिक्रि गर्न गाह्रो होला कि भन्ने चिन्ता छ । स्थानीय बजारमा स्याउ र सुन्तलाको भाउ भन्दा सस्तो दिँदा पनि मान्छेले झन सस्तो माग्ने गरेको उनले बताए ।

    ‘मान्छेलाई किवि फलको बारेमा जानकारी नहुँदा स्थानीय बजारमा यो सस्तो मूल्यमा मागेका हुन् ।’ उनले भने, ‘फलफूलमा किवि खाने बानी पार्न समय लाग्छ ।’ किवि सँगै खनालले बगैँचामा सुन्तला, कागती, ड्रागनफल, आलमोन्ड (हाडे बदाम) छन् । रुद्राक्ष र बोधिचित्त हुर्किएर फल्न थालिसकेको छ ।

    धेरैले खेतीपाती गर्नुका दुखले जागीर रोज्छन् । त्यसमाथि पनि धेरैले ‘सरकारी जागीरे भए कसले हलो जोत्छ ?’ भनेर कृषिलाई हेयका भावले हेर्छन् । तर, एक सरकारी कार्यालयका प्रमुख कार्यालय समयबाहेक सधैं खेतबारीमै भेन्टिन्छन् ।

    उनले शुरुमा बाख्रापालनमा हात हाले । तर, बाख्रापालनको सामान्य ज्ञान सम्म नलिई शुरु गर्दा निकै डुबे । दुई दिनमा १४ वटा सम्म पाठापाठी मरे । अहिले बाख्राको संख्या घटाएर १७ वटामा झारेका छन् । उन्नत जातसँग क्रस गरेर नश्ल सुधार गर्न बोयरको ५० प्रतिशतको बोका पालेका छन् । लोकल खरिजातसँग क्रस गरेर जन्मिएका पाठापाठी धेरैले माग्ने गरेको उनले बताए ।

    वाख्रापालन शुरु गर्दा घाँसले नपुगेपछि घाँस किनेर पाले । पछि सम्भव नहुने रहेछ भन्ने थाहा पाएपछि उनले १७ रोपनीमा घाँस रोपेका छन् । डाले र भुईँ घास रोपेका छन् । घाँसको नर्सरी बनाएका छन् । उनको अनुभवमा सबैभन्दा ठूलो समस्या दक्ष प्राविधिकको अभाव नै हो । पशुपालन र कृषि दुवैमा भनेको बेलामा रोग पहिचान गरेर समाधान गरिदिने प्राविधिक पाउन गाह्रो छ ।

    खनालले किवि खेतीमै १२ लाख भन्दा बढी लगानी गरेका छन् । घाँसखेती र पशुपालन सहित गर्ने हो भने करिब २० लाख लगानी गरेका छन् । लगानी धेरै फिर्ता भईसकेको छैन । तर अर्को वर्षदेखि ५ देखि ६ लाखको व्यापार गर्ने उद्देश्य उनले राखेका छन् । जागीर पछि झन कृषि र पशुपालनै पूणर् रुपमा समय दिने उनको सोच छ ।

    उनको कामलाई भिडियो अन्तर्वातको रुपमा पनि यहाँ हेर्न सकिन्छ 

    प्रतिक्रिया दिनुहोस