२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
फर्केर हेर्दा

माधव नेपालकाे त्याे अधुराे वाचा…. (भिडियाे सहित)

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- माधवकुमार नेपालले सरदरमुकाम ओखलढुंगास्थित खेलमैदानमा ३ वर्ष पहिले गरेकाे एउटा सार्वजनिक वाचा धेरैलाई धिमा संझना हाेला । स्वयं नेपालकाे कुन स्मरणमा हाेला, अनुमान मात्रै गर्न सकिन्छ ।

    युट्यूवमा भने उक्त भाषणकाे लिंक ओखलढुंगेलीहरुले भने हेर्न छाडेका छैनन् । के हाेला त त्यस्ताे बाचा ? हाे, एमाले-माओवादी गठबन्धनकाे चुनावी सभाका मुख्य वक्ता रहेका पूर्वप्रधानमन्त्री एव‌ं वरिष्ठ नेता नेपालले दुई हजार ओखलढुंगेलीका बीचमा एउटा बाचा गरेका थिए ।

    त्याे वाचा  थियाे संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवारलाई जिताएर पठाए मन्त्री बनाउने । नेपालले निराश नबनाउने भन्दै दाहाेर्याएर मन्त्री बनाइ दिने बाचा गरेका थिए । उक्त निर्वाचनमा सुनुवारले ५२ सय मतान्तरमा जिते पनि । नेपालकाे माग त पुरा भयाे, तर ओखलढुंगेलीहरुबीच उनले गरेकाे बाचा अधुरै छ ।

    नेकपाकाे सरकार बनेकाे ३ वर्षमा मन्त्री हुने र फेरिने धेरै भए अहँ बाचा पुरा भएन । अहिले पनि मन्त्री फेरिने निश्चित जस्तै छ । के नेपालले उक्त बाचा अब पुरा गर्लान त ? धेरैकाे चासाे छ । अहिले मन्त्री हुनेकाे विषयमा स्थायी कमिटी बाहेकका व्यक्तिकाे चर्चा कम गरिँदैछ ।

    यज्ञराज सुनुवार कुनै स्थायी कमिटीका सदस्यभन्दा तलका नेता हाेइनन् । २०७० सम्मका सबै आम निर्वाचन  कांग्रेसले जित्दा उनले त्याे किल्ला ताेडेर मात्र देखाएनन्, दुई दुई पटक काँग्रेसकाे किल्ला ताेडिदिए ।

    के थियाे त नेपालकाे बाचा हेराै‌ं भिडियाे 

    प्रतिक्रिया दिनुहोस