काठमाडौं- केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस