२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
बेलबारी बलात्कार काण्ड

बालकलाई करणी गर्न लगाए, भिडियाे बनाए अनि आँफैले करणी गरेर फरार भए

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • यौन पिपासुहरुले कतिसम्म घृणित कार्य गर्छन् भन्ने मोरङको बेलबारी नगरपालिका –११ मा भएको एउटा घटनाले चरितार्थ गरेको छ । एक ४० बर्षीय पुरुषले जंङ्गलमा निगुरो टिप्न गएकी एक दलित बालिकालाई गाउँका दलित बालकहरुलाई धम्की दिदै करणी गर्न लगाएर मोवाइलमा भिडियो बनाएपछि आफुले पनि बलात्कार गरेर फरार भएका छन् ।

    सुन्दै आङग जिरिङ हुने यस्तो घृर्णित घटना ९ भदौ दिउँसो ३ बजेतिरको हो । निगुरो टिप्न लक्ष्मीमार्ग स्थित लक्ष्मी सामुदायिक वनमा गएकी स्थानिय दलित समुदायकी १६ बर्षीया वालिकालाई जंङगलमा एक्लै पारेर ४० बर्षीय होम तामाङले ज्यान मार्ने धम्की दिदै बलात्कार गरेका हुन । बलात्कार गर्नुअघि उनले डरत्रासमा पारेर ११, १२ र १३ वर्षका छिमेकी बालकहरुलाइ पनि पालैपालो बलात्कार गर्न लगाएर मोवाइलबाट भिडियो खिचेका थिए ।

    हाल इलाका प्रहरी बेलवारीले तीन जना बालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यौन पिपासु तामाङ भने अझै सम्म फरार छन । तामाङलाई केही बर्ष अगाडी नै श्रीमतीले छाडेकोले भाई–बुहारीको घरमा बस्दै आएका थिए ।

    ईप्रका वेलवारीका ईन्स्पेक्टर ऋषिराज ढकालले बालिकाको नाता पर्ने छिमेकी बालकहरुलाई डरत्रासमा पारेर तामाङले करणी गर्न लगाएर ब्लुफिल्म बनाउन भिडियो खिचेका थिए । नातामा दिदी पर्नेलाई सामुहिक बलात्कार गर्न नमानेपछि तामाङले बालकहरुलाई लाठीले कुटपिट गर्दै ज्यान मार्ने धम्की पनि दिएका थिए ।

    यसरी खुल्यो यौनपिपासु हर्कतको रहस्य

    ९ भदौ, दिउँसो दलित समुदायकी वालिका निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गइन । उनी बनमा गएको यौनपिपासु तामाङले फलो गरिरहेका थिए । यसैले तामाङले स्थानिय दलित समुदायकै बालकहरुलाई ललाई फकाई बनमा पुरयाए । बनमा पुरयाएपछि उनले बालिकालाई वलात्कार गर्न अह्राए । बालकहरुले नमानेपछि काठको लाठीले भक्कु पिटेर ज्यान मार्ने धम्की पनि दिए । त्यसपछि बालकहरुलाई करणी गर्न लगाएर आफुले मोवाइलमा भिडियो बनाए । भिडियो बनाइसकेपछि बालकहरुकै अगाडी आफुले पनि बालिकाको बलात्कार गरे ।

    छिमेकमा बस्ने बाबु समानको मान्छेले आफुलाई बलात्कार गर्दै सना भाइहरु समेतबाट आफुलाई करणी गर्न लगाएपछि वालिका विक्षिप्त बनेर निगुरो नलिइकन घर फर्किन र आफना अभिभावकलाई सबै घटना बेलिविस्तार लगाइन । हाल बालिकाले तामाङ विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन ।

    प्रहरीले जर्बदस्ती करण्ीमा मुद्दा पनि दर्ता गराइसकेको छ । प्रहरीको नियन्त्रणमा रहेका तीन जना बालकहरु विक्षिप्त अवस्थामा छन । उनीहरु राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन । दैनिक ज्याला मजदुरी गरेर जिवन धान्ने दलित परिवारकी बालिकाकी आमालाई छोरीको स्वास्थ्य परीक्षण गराउन विराटनगर आउँदा छिमेकीले चन्दा उठाएर दिनुपरेको थियो ।        –जनआस्थाबाट

    प्रतिक्रिया दिनुहोस