२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

छाेरीकै ब्वायफेण्डसँग इन्गेजमेन्टपछि ह‌ंगामा !

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी-  एक समलिङ्गी पिताले छोरीका प्रेमीसँग इन्गेजमेन्ट गरेका छन् । पिता आफ्नी छोरी र उनका पूर्व प्रेमीसँग छुट्टी मनाउन गएका बेला उनले आफ्नी छोरीका पूर्व प्रेमीलाई प्रेम प्रस्ताव राखेका हुन् । याे खबर बेलायतकाे हाे ।

    डेली मेलका अनुसार ५० वर्षीय ब्यारी ड्रूइट ब्यारलो बेलायतका आधिकारिक रुपमा पंजीमृत समलिङ्गी पिता हुन् । म्यान्चेस्टरमा बस्ने ब्यारी आफ्ना उभयलिंगी (बाइसेक्सुअल) सहयोगी स्कट हचिन्सन (२५) का साथ सम्बन्धमा छन् ।

    यी दुईले यो वर्षको सुरुवातमा आफूहरु अक्टोबरमा एक छोरीका अभिभावक बन्न लागेको घोषणा गरेका थिए ।  यसअघि स्कट ब्यारीकी २० वर्षीया छोरी स्याफरोनसँग थुप्रै महिनासम्म प्रेम सम्बन्धमा रहेका थिए ।

    गत हप्ता मात्रै ब्यारीले आफ्नो इन्स्टाग्राम पोस्टमा अब उनी स्कटसँगको सम्बन्धमा भएको आधिकारिक जानकारी दिएका छन् । छोरी र उनका पूर्व प्रेमीसँग छुट्टीको क्रममा आफ्नो प्रपोजलको एउटा भिडियो पनि उनले सोसल मिडियामा सेयर गरेका छन् ।

    यो भिडियो क्रोएशियाको एक द्वीप ह्वार नजिकै मोटर याच (डुङ्गा) मा बनाइएको छ । ब्यारीले स्कटलाई प्रस्ताव राख्नुअघि डुङ्गालाई मैनबत्ती र गुलाबको पातले सजाए र यो पललाई स्याम्पेनसँग मनाए ।

    त्यसपछि ब्यारीले स्कटलाई एक हिरा र चाँदीले बनेको औंठी उपहारस्वरुप दिए । उनकी छोरीले आफू आफ्ना पिता र पूर्व प्रेमीसँगको सम्बन्धले तनावमा नभएको बताएकी छिन् किनभने उनका अनुसार यी दुई सँगै निकै खुसी छन् ।

    प्रतिक्रिया दिनुहोस