२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

‘डाँका समूह’ २० वर्षपछि पक्राउ, एकै जनाकाे सजाय ८७ वर्ष कैद !

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा ०५७ ताका डाँकाको बिगबिगी थियो । माओवादी युद्ध चरम उत्कर्षका थियो, डाँकाको विरुद्ध आवाज उठाउने हिम्मत कैसको थिएन् । ७–८ जनाको समूहमा भरुवा बन्दुक बोकेर राती लुट्न हिँड्ने अनि दिनभर ‘मस्ती’ गर्ने सो खुँखार डाँकाको समूहलाई २० वर्षपछि कैलाली प्रहरीले पक्रेको छ ।

    पक्राउ पर्नेमा कैलाली जोशिपुर घर भएका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी, ४९ बर्षिय भगत चौधरी उर्फ रोहिना, ३८ वर्षीय गुन सिंह कठरिया उर्फ कालु र भजनी नगरपालिका–६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी उर्फ डगौरा छन् ।

    क जमानामा डकैतीको ‘साम्राज्य’ नै खडा गरेको डाँका समूहका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

    सो समूह एउटै डाँका समूह हो । एक जमानामा खुँखार डाँका कहलिएको यो समूह पछिल्लो सयम भने चुपचाप आफ्नो घर गृहस्थी गरेर बसिरहेका थिए । तर, अदालतले उनीहरुको मुद्धा फैसला गरिसकेको थियो ।

    अहिले पक्राउ परेका मध्ये क्रमराज थापा उर्फ रोहगी र भगत चौधरी उर्फ रोहिनालाई प्रहरीले यसअघि पनि पक्राउ गरेर जेलको बाटो देखाएको थियो । तर, ०६१ माघ २७ मा तत्कालिन बिद्रोही माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा उनीहरु त्यहँबाट भागेका थिए ।

    एकजनाको मात्रै ८७ वर्ष कैद 

    जोशिपुरका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी डाँकाका पनि डाँका हुन् । जोशिपुर गाउँपालिकाका विभिन्न वडा र बर्दगोरिया गाउँपालिकामा उनले ८ ठाउँमा डाँका चोरी गरेका छन् ।

    ०५७ मा सो क्षेत्रमा डकैती साम्राज्य खडा गरेका उनलाई जिल्ला अदालत कैलालीले ८७ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

    प्रतिक्रिया दिनुहोस