२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

बलात्कारका आरोपित वडाध्यक्ष कारागार चलान

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ४ साल अघि

  • बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् ।

    बिहीबार जिल्ला  अदालत गाेरखाका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।

    १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । ‘अनुसन्धान पश्चात उहाँलाई हामीले सरकारी वकिल कार्यालयमा पठायौ,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘कार्यालयले अभियोजनका लागि अदालत पेस गर्‍यो, अदालतले आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।’

    तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्वनसमेत गरिसकेको छ । याे खबर गाेरखा जिल्लाकाे हाे ।

    प्रतिक्रिया दिनुहोस