२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सशस्त्र प्रहरी गणका १६ जना संक्रमित

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा – अग्रभागमा खटेर काेराेना विरुद्ध लडिरहेका सुरक्षाकर्मी नै धमाधम संक्रमित हुन थालेपछि सुरक्षा निकायमा टाउकाे दुखाइकाे विषय थपिएकाे छ ।देशभर सुरक्षा कर्मीमा संक्रमण देखिँदा पाेखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्य २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

    यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस