२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

गाडी मर्मत गर्दै हुनुहुन्छ; अब वर्कसप बन्द, कहिले खुल्छन् त ?

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं – सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ ।

    कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

    संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।

    अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।

    ‘आफू र आफ्नो वर्कसपमा काम गर्ने सहयोगी अटो मेकानिक्सलगायत आफ्नो वरिपरिको वातावरण पनि सुरक्षित गराइदिनुहुन अनुरोध गर्दछौं’ संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस