२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

लिदी पहिरो: वेपत्तामध्ये १३ को शव फेला

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला ।’

    लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रजिअ ढकालले बताए ।

    लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस