काठमाडौं- उमेर नपुगेकी किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार र ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –६ बस्दै आएका ३० वर्षीय राजन विश्वकर्मा भनिने राजन सेञ्चुरी छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाई पक्राउ गरेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फकाएर डेरामा लगेका थिए ।
त्यहाँ उनीहरुले प्रेम विवाहसमेत गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फरार भएका थिए । त्यसपछि पीडितले प्रहरी गुहारेकी थिइन् ।
श्रेष्ठका अनुसार पक्राउ परेपछि उनले विहेको नाटक गरेको खुलेको थियो भने उनी पहिल्यै विवाहित भएको पनि युवतीले चाल पाइन् ।
विश्वकर्मामाथि मुलुकी अपराध संहितको जबरजस्तीकरणी तथा ठगी सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान थालिएको छ । -Onlinekhabar
प्रतिक्रिया दिनुहोस