२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

प्रहरीलाई चै‌ं मास्क र हेल्मेट लाउन छुट !

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कानुन पालना गराउने प्रहरी ताेकिएकाे नियम र नैतिकतामा वस्नुपर्छ । प्रहरीले नियममा बसेर अरुलाई नियम पालना गराउँन निकै मेहनत गर्दा पनि सर्वसाधारण अटेर गरिरहेका हुन्छन् ।

    तर, प्रहरीले नै नियम पालना नगरेपछि अरुले के गर्लान् ? मं‌गलबार रुम्जाटारमा एउटा यस्तै दृश्य देखियाे । दृश्य कैद भयाे । दृश्यमा केही मानिस आवत जावत् गरिरहेका छन् । रुम्जाटारबाट सानीटारतर्फ एउटा माेटरसाइकल आउँछ । त्यसमा दुईजना सवार छन्, चलाउनेले हेल्मेट लगाएकाे छ ।

    त्यस लगत्तै  प्रहरीका एक सइ बिना माक्स र बिना हेल्मेट माेटरसाइकलमा आउँछन् । उनलाई स्थानीयले हेलमेट खै सर भनेर सडक छेउबाट कराउँछन् । उनी नसुनि अघि बढ्छन् । काेराेना संक्रमणकाे जाेखिममा स्थानीयलाई नियम पालना गराउने प्रहरी नै यसरी हिडेपछि कसले नियम पालना गर्लान् ? बरु स्थानीयले उनलाई सम्झाएका छन् ।

    स्थानीयका अनुसार उनी रुम्जाटार चाैकीका प्रमुख हुन् । उनले नै नियम पालना नगरे कस्ले गर्लान् भन्ने प्रश्न सराेकारवालाहरुले उठाएका छन् । स्थानीय भन्छन् ‘उनी यस्तै हुन् ।’

    हेर्नुहाेस् भिडियाे

    प्रतिक्रिया दिनुहोस