२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • सुनसरी- कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी-६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन् ।

    २०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैंझगडा हुँदा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सुनसरी एकम्वा बस्ने सुरेन कुमार ठाकुरको बिपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

    जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो। उनीहरु दुबै जना कैद भुक्तान नगरी फरार रहेका थिए ।
    लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका-६ बाट र तुलसीलाई धनुषा डल्केवरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका-४ बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो ।

    उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएकोजिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस