२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

चीनले बनायाे काेराेना खाेप, चिनिया सेनालाई दिन थालियाे

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी- चीनले आफ्ना सैनिकलाई कोरोना खोप लगाउन शूरु गरेको छ । पिपुल्स लिबरेसन आर्मीको संलग्नमा विकसित चिनियाँ खोप ब्यापक स्तरमा सैनिकहरुलाई लगाउन थालिएको हो ।

    चीनको यो खोपको तेस्रो चरणमा परीक्षण भइरहेको हो । यसको नतिजा आउन अघि नै चीनले सैनिकहरुलाई खोप दिन थालेको बताइएको छ । चीनमा नागरिक र सेनाका लागि बनाइएका प्रविधि एक अर्काका लागि प्रयोग हुनु सामान्य भएको फाइनेन्सियल टाइम्स अखबारले जनाएको छ । यो अभ्यास राष्ट्रपति सी जिनपिंगको समयमा अझ बढेको छ । सी जिनपिंगले सेना र नागरिकको गठबन्धनको अभियान चलाइरहेको छ र कोरोना भाइरसले यसलाई बढा दिएको छ ।

    क्यानबेरामा चिनियाँ पोलिसी सेन्टरका डाइरेक्टर एडम नीले चिनियाँ सेना भित्र जैविक तथा संक्रामक रोगसँग लड्ने क्षमता रहेको र चिनियाँ नेता यसको पुरा फाइदा उठाइरहेको बताए ।

    क्यानसिनोको यो विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप चिनियाँ सेनासँग मिलेर बनाएको एडमले बताए । क्यानसिनोले आफनो परीक्षण र खोप बनाउने क्षमताका कारण प्रतिस्पर्धी अमेरिकाको मोडर्ना, फिजर क्योरक्याक र अस्ट्राजेनेकालाई धरै पछाडी छोडेको छ । चिनियाँ सेनाको मेडिकल साइन्सकी प्रमुख चेन वेइले क्यानसीनोको यो खोप बनाउनमा मुख्य भुमिका निर्वाह गरेकी हुन् ।

    २१ मा ८ चिनियाँ खोप

    चिनियाँ खोप विकसित गर्नमा डाक्टर चेन वेइको ब्यापक प्रसंसा भइरहेको चिनियाँ सन्चार माध्यमले जनाएको छ । यद्यपी डाक्टर चेनको यस खोप बनाउनमा कुनै आधिकारिक भुमिका भने छै । यसअघि उनले कम्पनीका लागि इबोलाको खोप बनाएकी थिइन् । तर यो एक मात्र त्यसतो खोप होइन जसलाई सफलता प्राप्त भइरहेको छ । डब्ल्युएचअ‍ेको प्रतिवेदन अनुसार २१ मा ८ चिनियाँ खोप हुन् । चिनियाँ सेना अर्को खोप बनाउन पनि मद्दत गरिरहेको छ ।

    कोरोनाको परीक्षणमा रहेको खोप आफ्ना सैनिकलाई लगाउने चीन एक मात्र देश हो । चीनमा ७ सय ४१ गैर सैनिक शोधकर्ता पीएलएमा काम गरिरहेका छन् । एडमका अनुसार चिनियाँ सेना माथि परीक्षणात्मक खोप प्रयोग चीनका दुस्प्रचारको हिस्सा बताउँछन् । चीन आफ्ना सनो देशका लागि बलिदान दिन तयार रहेको देखाउने प्रयास गरिरहेको छ । साथै यदि चिनियाँ खोपले काम गर्दैन भने पनि यसको जानकारी कसैलाई नहुने उनी बताउँछन् ।

    विश्वमा सबै देशले आफ्ना विकसित खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरुले पाउने बताउँदै आइरहेको छ । तर चीनले आफ्नो कोरोना खोप सबैभन्दा पहिला सैनिकलाई दिइएकोमा अनौठाे मानिएको हिमाल पाेष्टले खबर लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस