जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ ।
मनसुनी न्यून चापीष् रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस