२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काेराेनाका कारण शुक्रबार थप एककाे मृत्यु !

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • सिरहा- सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।

    प्रजिअ कँडेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ

    प्रतिक्रिया दिनुहोस