२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

गाउँपालिका अध्यक्षलाई १ लाख जरिवाना

Thumbnail
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • हेटौंडा-  मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई जिल्ला अदालत मकवानपुरले वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन बिना राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गरेको अभियोगमा १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

    अध्यक्ष खनालसहित प्रमुख प्रशासकीय अधिकृत, निर्माण समिति अध्यक्ष र एक्साभेटर सञ्चालकलाई समेत जरिवाना तोकिएको हो । न्यायाधीश सीता शर्माको एकल इजलाशले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष र एक्साभेटर सञ्चाललाई जरिवाना तोकेको हो ।

    बकैया गाउँपालिका ७ स्थित चुनढुंगादेखि दरबारसम्म जोड्ने बाटो निर्माणका लागि चुनदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा बाटो खनेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरले स्काभेटर बरामद गरी गाउँपालिका अध्यक्ष खनाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सिर्जना थिङ र एक्साभेटर सञ्चालक इन्द्रबहादुर मोक्तानविरुद्ध मुुद्दा दायर गरेको थियो ।

    जनही पाँच बर्ष कैद र ११ लाख रुपैयाँ जरिवाना माग गर्दै मुद्धा दायर भएकामा अध्यक्ष खनाललाई एकलाख रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई ५० हजार रुपैयाँ, सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष थिङलाई ३० हजार र स्काभेटर सञ्चालक मोक्तानलाई ३० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

    प्रतिक्रिया दिनुहोस