काठमाडौं- काठमाडौं उपत्याकामा बुधवार दिउँसाे भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ललितपुरको बालकुमारी आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
उनका अनुसार बुधवार दिउँसाे साढे चार बजे भूकम्पकाे महसुस गरिएकाे थियाे। मंगलबार राति ११.४० बजे पनि भूकम्प गएको थियो। मंगलबार राती गएकाे भुकम्प २.७ म्याग्निच्युडको थियो।
प्रतिक्रिया दिनुहोस