२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यी हुन्, मदन पुरस्कारका लागि छानिएका उत्कृष्ट सात कृति

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं–  मदन पुरस्कार गुठीले यस वर्षका लागि उत्कृष्ट ७ पुस्तक छनाेट गरेको छ । गुठीले १५१ पुस्तकबाट सात पुस्तकको सूची तयार पारेको हो ।

    उत्कृष्ट सातको सूचीमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको ‘चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रा’ रहेका छन् ।

    उत्कृष्ट सातमा परेका मध्येबाट एउटा पुस्तकका लागि मदन पुरस्कार दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस