२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

के हो मलमास ? किन एक महिना पर सर्‍याे दशैं-तिहार ?

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत मनाइसकिएको छ । अब महिलाहरुको चाड हरितालिका तिज नजिकिँदै छ ।

    तिज नजिकै आए पनि यस वर्ष दशैं र तिहार भने विगतमा भन्दा एक महिना ढिलो हुने भएको छ । दशैं र तिहार मलमासको कारण पर धकेलिएको हो । प्रायजसो दशैं असोज र तिहार कात्तिकमा हुने गर्छ ।

    तर २०७७ सालमा असोजमा मलमास परेकाले दशैँ र तिहार पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । २०७७ सालमा दशैं कात्तिकबाट मात्र हुनेछ ।

    कात्तिक १ गते घटस्थापना परेको छ । फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ । मलमासको कारण तिहार पनि धकेलिएको छ ।

    तिहार कात्तिकको अन्तिम सातादेखि मात्र शुरु हुनेछ । तिहार कात्तिक २८ गतेदेखि हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मंसिर १ गते परेको परेको छ । -जनता समाचारबाट

    प्रतिक्रिया दिनुहोस