२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
नेकपा विवाद

आज पनि वार्ता: चाख्लान् त प्रचण्डले ‘बालुवाटारकाे जेरी’ ?

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि साछिसहितकाे छलफल बालुवाटारमा  शुरु भएकाे छ ।

    आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने ओलि पक्षीय नेताहरुकाे दावी छ । आइतबार ‘ग्रीन टि’ मा शुरु छलफल स‌ंसदीय दलका उप नेता सुवास नेम्वाङका अनुसार ‘जेरी’मा टुंगिन्छ ।

    प्रचण्डले भने ओलि अझै पार्टी एकताकाे मर्म अनुसार अघि बढ्न तयार नरहेकाे आफु निकट रहेका नेताहरुसँग प्रचण्ड आइतबार साँझै विफ्रिङ गरेका थिए ।

    ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका छन् । ओलीले पनि प्रचण्डसँगको वार्तामा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई राखेका छन् । खनाल र नेम्वाङ दुवैजना आइतवारको वार्तामा पनि सहभागी थिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षधर नेताहरुको बैठक आइतवार साँझ बसेको थियो । त्यस्तै प्रचण्ड निवास खुमलटारमा माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस