२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

कलाकार अमिताभ बच्चन काेराेना मुक्त

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेताअमितभ बच्चनको हाल कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।

    कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका छोरा अभिषेक बच्चनले पितालाई कोरोना नेगेटिभ देखिएको ट्विटर मार्फत जानकारी दिएका थिए ।

    असार २७ गते उनलाई कोरोना देखिएको थियो। करिब २१ दिनको अस्पताल बसापछि बच्चनलाई नेगेटिभ देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस