काठमाडौं- कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेताअमितभ बच्चनको हाल कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका छोरा अभिषेक बच्चनले पितालाई कोरोना नेगेटिभ देखिएको ट्विटर मार्फत जानकारी दिएका थिए ।
असार २७ गते उनलाई कोरोना देखिएको थियो। करिब २१ दिनको अस्पताल बसापछि बच्चनलाई नेगेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस