काठमाडौं- प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् ।
बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।
पद छोड्न पनि मान्नुभएन’ प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।’
बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए । ‘अर्ली महाधिवेशनमा तपाईंहरुको चित्त बुझ्दैन भने चैतमा तोकिएकै समयमा महाधिवेशन गरौँ । त्यसैबाट विवादित विषयको निष्कर्ष निकालौँ ।’
र याे पनि ओली-प्रचण्डकाे ‘गेट-क्र्यास’
प्रतिक्रिया दिनुहोस