२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

गृहमन्त्रीलाई कोरोना संक्रमण !

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं-  काेराेना स‌ंक्रमणकाे जाेखिममा सर्व साधारण मात्रै हाेइनन् भन्ने कुरा गृहमन्त्री नै संक्रमित भएकाे घटनाले   प्रमाणित गर्छ । त्यसैले, सबैले न्यूनतम सुरक्षाका माउदण्डहरु, बाहिर जाँदा मास्क लाउने, बारम्बार हात धुने, अन्य व्यक्तिबाट टाढै रहने तथा हात नमिलाउने गराै‌ं ।

    गृह मन्त्री संक्रमित भएकाे घटना भने भारत काे हाे नि ! भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका हुन् । आफू कोरोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको बताए।

    ‘कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,’ शाहले ट्वीट गरेका छन्।

    साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस