२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना प्रहरी क्वारेन्टिनमा !

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ ।

    महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’

    संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको एसएसपी ढकालले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।

    प्रतिक्रिया दिनुहोस