काठमाडौं- उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’
संक्रमितहरुलाई भने अस्पताल पठाइसकेको एसएसपी ढकालले बताए । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ ।
प्रतिक्रिया दिनुहोस