२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

विगरगञ्जमा थप दुईकाे मृत्यु, संक्रमण नियन्त्रण बाहिर

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  •  वीरगञ्ज- समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

    नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको हाे ।

    नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेकेा पाइएको डा. निरज सिंहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस