२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमै बन्याे स‌ंसारकै लामाे पुल, यस्ताे रहेछ !

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • बागलुङ- बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।

    कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो  । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो ।

    पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । यस पुलको लम्बाई ५७६ मिटर छ ।

    नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिएकाे अन्नपूर्ण अनलाइनमा खबर छ।

    प्रतिक्रिया दिनुहोस