२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सांसद नै संक्रमित !

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • वीरगञ्ज- प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ३ जना महिला छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका अरु २ जना रहेका छन् ।

    तयस्तै  नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस