ओखलढुंगा- ओखलढुंगामा भेटिएका एक कोरोना संक्रमितको उपचार क्वारेन्टाइनमै शुरु गरिएको छ । उनको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा अन्य व्यक्तिको चाप नरहेकाले क्वारेन्टाइनमै उपचार थालिएको बताइएको छ ।
स्वास्थ्य प्रमुख सुमन तिवारीले संक्रमितको अवस्था सामान्य रहेकाले प्रतिरक्षा शक्ति बढाउने खानेकुरा खुवाउने र नियमित रेखदेख तथा मनोबल उच्च बनाउन परामर्श दिइने गरेको तिवारीले जानकारी दिए । क्वारेन्टाइनमा एक हप्ता राखेपछि स्वाव लिएर पुनः परिक्षण गर्ने तयारी गरिएको छ ।
साउन १३ गते दुवइबाट आएका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी सुनसरीको चतारा होल्डिङ सेन्टरबाट ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा आएका थिए । सुरक्षित आएकाले उनको अन्य व्यक्तिसँग सम्पर्क नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै यस अघि संक्रमित १५ भारतीय मजदुरको भने प्रदेशको कोभिड अस्पतालमा उपचार भइरहेको छ । लकडाउन खुलेकाले आवत जावत बढेपछि स्थानीय भने संक्रमण फैलिने त्रासमा छन् ।
प्रतिक्रिया दिनुहोस