२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
पहिराेकाे पीडा

ढुंगा खस्दा एकै परिवारका ४ को मृत्यु

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । याे घटना शुक्रबार रातिकाे हाे भने घटनास्थ गुल्मी हाे ।

    गुल्मीकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

    उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

    सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियाे ।

    प्रतिक्रिया दिनुहोस