ओखलढुंगा- नेकपा विवादकाे समाधान कसरी हाेला चासाे धेरैकाे छ । सचिवालय र स्थायी कमिटीका अधिकांश नेताहरुले ओलिकाे राजीनामा मागेपछि शुरु भएकाे विवाद केही मत्थर भएकाे छ ।
आज वस्ने स्थायी कमिटी समेत स्थगन भएपछि चाैतर्फी चासाे बढेकाे छ । केही नेताहरु समेत राखेर भएकाे छलफलमा सहमित नभएपछि दुई अध्यक्ष वान टु वान वार्तामा बसेकाे पनि चाैथाे सृङ्खला भइसकेकाे छ । अहिले साँझ ६ बजे फेरि ओलि प्रचण्ड वान टु वान शुरु भएकाे छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।
ओलि केही लचक भएकाले सहमितकाे विन्दु फेला पर्न सक्ने आशा गरिएकाे एक केन्द्रय सदस्यले बताए । उनका अनुसार ओलिकाे कार्यशैली परिवर्तन नभए नेतृत्व स्वीकार गर्न नसकिने अवस्था आएकाे छ ।
प्रतिक्रिया दिनुहोस