ओखलढुंगा- छविलाल कार्कीकाे स्मृति दिवसमा नेकपाकाे विवाद, एकता र विकासका कुराले चर्चा पाएका छन् । छविलाल कार्की स्मृित दिवसमा नेकपाका नेता, सांसद तथा राज्य मन्त्रीले यस्ता कुरा उठाए ।
नेकपा तत्कालीन नेकपा एमालेका नेता स्व. छविलाल कार्कीकाे स्मृितमा गठित छविलाल कार्की स्मृति प्रतिष्ठानले काठमाण्डाैमा आयाेजना गरेकाे कार्यक्रममा उनकाे याेगदानकाे चर्चा गरिएकाे हाे ।
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरुले भाला तथा रड प्रहार गरि २०६७ साल असार २४ गते निशंखेमा हत्या गरेका थिए । उनी एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए भने २०५६ काे आम निर्वाचनमा एमालेका उम्मदवार थिए । २०४७ काे जनआन्दाेलनमा वाम माेर्चाका संयाेजककाे रुपमा नेतृत्व गरेका थिए । हरेक वर्ष प्रतिष्ठानले असार २४ लाई स्मृति दिवसका रुपमा मनाउँदै आएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले बालुवाटारमा ब्रेकफास्ट, खुमलटारमा लन्च र कोटेश्वरमा डिनर गर्ने पात्र र प्रवृति पार्टी एकताका लागि खतरा रहेको बताए ।
स्वर्गीय छवीलाल कार्कीको १० औ स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै सांसद सुनुवारले समर्थन र विरोधमा ब्यानर र कार्ड लिएर सडकमा उफ्रिनु भन्दा कार्यकर्ताहरुले नेतृत्वलाई एकीकृत दवाव सृजना गर्नुपर्ने बताएका छन्। पार्टीका ९ जना नै सचिवालय सदस्यहरुको नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउदै सांसद सुनुवारले वर्तमान विषम परिस्थितिमा सबैले जनताको मत र कार्यकर्ताको मनको आवाज सुन्नुपर्ने धारणा राखेका थिए।
नेकपामा हाल देखिएको समस्याले धेरैको मन पोलेको भन्दै यसको निराकरणका लागि शिर्ष नेतृत्वले सजग र सचेत बन्दै नेपाली जनताको समृद्धिको सपना पुरा गर्नतर्फ लाग्नुपर्ने बताए ।
पार्टीको समस्या समाधान गर्न स्थायी कमिटी सक्षम नभएको भए त्यसलाई केन्द्रीय कमिटीमा ल्याएर भए पनि छलफल गरि एकतावद्ध पार्टी निर्माणका लागि प्रयास गर्नुपर्ने बताउदै सांसद सुनुवारले कार्यकर्ताहरुले पनि आफ्नी निहित स्वार्थ हेरेर नेताहरुलाई दिग्भ्रमित बनाउने कुल्सित गतिविधि रोक्नुपर्ने तर्फ गम्भीर बनेर सोच्न आग्रह गरेका थिए।
लाल किल्ला बनाउन छवीकाे योगदान महत्वपूर्ण :राज्यमन्त्री गुरुङ
प्रदेस नं १ का भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिर बाबु गुरुङले सहिद छवी कार्कीको निस्वार्थ योगदानले गर्दा ओखलढुंगा जिल्ला लाल किल्ला भएको बताए ।
ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा स्वर्गीय कार्कीको महत्वपूर्ण योगदान रहेको र उनले देखाएको सादगीपूर्ण र सालिन व्यवहार अनुकरणीय भएको राज्यमन्त्रि गुरुङले बताएका छन्।
स्वर्गीय कार्कीको १० औ स्मृति दिवसको अवसरमा सहिद छवीलाल कार्की स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राज्यमन्त्रि गुरुङले स्वर्गीय कार्कीको सपना पुरा गर्नका लागि समृद्ध ओखलढुंगा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका थिए।
स्वर्गीय कार्कीकी पत्नी शकुन्तला राज भण्डारी लगायत नेताहरुले कार्कीकाे याेगदानकाे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस