२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

यी युवाले कर्मचारीलाई किन दिए सलह उपहार ?

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नपा ११ का राजेन्द्र राईले एक पोको किरा बोकेर आएको देखेपछि नगरपालिकाका कर्मचारी  तीन छक्क परे । के हो भन्ने सबैलाई चासो लाग्ने नै भयो । उनले कृषि शाखाका प्रमुख भीम दर्जीलाई भेटे र, त्यो पोको बुझाए । वरपरका सबै छक्क परे । कर्मचारीलाई के उपहार आएछ भन्ने पर्यो । तर, उक्त पोको अरु केही नभएर सलह किराको थियो ।

    राईले आफ्ना बगैंचामा आएको सलह समातेर नगरपालिकामा बुझाएका हुन् । ‘सुन्तला सखापै पार्ने रहेछ, अनुसन्धान गर्न सजिलो होस् भनेर समातेर सहलको पोको बुझाएको हुँ’ उनले भने ।
    नगरपालिकाका कृषि शाखा प्रमुख भिम दर्जीले सलह नियन्त्रणका लागि स्थलगत अनुगमन गरेर नियन्त्रणका उपाय अबलम्बन गर्ने बताए । विहान बेलुका हुलै एकैथाउँमा बस्ने भएकाले मार्ने वा संकलन गर्ने गर्न सकिने उनको भनाइ छ ।

    सिद्धिचरण नगरपालिका ११ को सोब्रु वरपर अहिले सलहको झुण्ड देखिन थालेको उनले बताए । ओखलढुंगामा एक हप्ता पहिले देखिएको सलह जिल्लाभर फैलिएको छ । बालिनाली र फलफुलमा क्षति पुर्याउन थालेको किसानले गुनासो गरेका छन् । यद्यपी जिल्लामा सलह नियन्त्रणबारे चासो दिइएको छैन ।

    प्रतिक्रिया दिनुहोस