२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्थायी समिति राेकेर ओलि-प्रचण्ड वान टु वान वार्तामा

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड  स्थायी समिति राेकेर  छलफलमा जुटेका छन् ।

    बिहान करिब १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल एक्लाएक्लै भेटाघाटमा व्यस्त रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।आजका लागि सारिएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर दुई अध्यक्ष विवाद समाधानको प्रयासमा लागेको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

    आइतबार दिउँसो आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित संवादमा बसेका दाहाल र ओलीले आज पुन छलफल गर्ने निर्णय गरेका थिए।अन्नपूर्ण अनलाइनका अनुसार प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गर्ने आयश व्यक्त गरेपछि स्थायी समिति बैठक स्थगित गरी नेताहरु विभिन्न चरणमा छलफलमा जुटिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस