२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मृगौला पीडित किशोरी उपचार अभावमा छट्पटिँदै

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिका वडा नं २ लामीडाँडाकी गीता दर्जीले तीन वर्ष पहिले मृगौला फेल हुँदा ११ वर्षीया छोरी गुमाइन् । त्यसबेला उनले उपचार गर्ने खर्च समयमा जुटाउन सकिनन् । फेरि अहिले उनकी माइली छोरी मृगौलाकै समस्याले उपचार नपाएर ओछ्यानमा छटपटिएकी छिन् ।
    गीताका ५ बहिनी छोरी हुन् । ती मध्ये ११ वर्षीया काँइली छोरी मनिला दर्जी दुवै मिर्गौला फेल भएर बितिन् । ३ वर्ष अघिको त्यो घटना निकै दर्दनाक थियो । मिर्गौला फेल भएकी छोरीलाई बचाउन उनी ओखलढुंगादेखि काठमाडौँका सबैजसो अस्पताल चहारिन् । भएभरको सबै सम्पति बेचिन् । तर पार लागेन । हुने हार दैव नटार भनेझैँ उनले काँइली छोरी मनिलालाई गुमाइन् ।
    अहिले फेरि गीतालाई उस्तै पीडा दोहोरिएको छ । उनकी १८ वर्षीया माइली छोरी सुनिता दर्जी दुवै मिर्गौला फेल भएर छट्पटाइरहेकी छिन । सुनिताको २०७२ सालदेखि नै मिर्गौलामा समस्या आएको थियो । अहिले समस्या बढ्दै गए र जटिल अवस्थामा पुगेको छ । गाउँदेखि ओखलढुंगा सदरमुकाम हुदैँ काठमाडौँका स्वास्थ्य संस्था र अस्पतालहरुमा गीताले उपचारका लागि पुर्याइन् ।

    डाक्टरहरुले मिर्गौला नफेरे सुनितालाई बचाउन सकिँदैन भनेका छन् । तर त्यतिका पैसा जुटाउन गीताका लागि सम्भव छैन । ‘आफ्नी छोरी बचाउन पाए हुन्थ्यो जस्तो कसलाई लाग्दैन र ?’ गीताले गहभरि आँसु पार्दै भनिन्, ‘कसैको दया पलाउँछ भने सहयोगको पर्खाइमा छु ।’

    सुनिताको मिर्गौला फेर्नका लागि ८–१० लाख रुपैयाँ लाग्छ भन्ने गीताले सुनेकी छिन् । डाक्टरहरुले मिर्गौला नफेरे सुनितालाई बचाउन सकिँदैन भनेका छन् । तर त्यतिका पैसा जुटाउन गीताका लागि सम्भव छैन । ‘आफ्नी छोरी बचाउन पाए हुन्थ्यो जस्तो कसलाई लाग्दैन र ?’ गीताले गहभरि आँसु पार्दै भनिन्, ‘कसैको दया पलाउँछ भने सहयोगको पर्खाइमा छु ।’
    दुवै मिर्गौला फेल भएर काँइली छोरी गुमाउँदाको पीडा, दुवै मिर्गौला फेल भएर माइली छोरी ओछ्यानमा छ्ट्पटाउँदाको पीडा कस्तो हुन्छ भनेर गीतालाई मात्रै थाहा छ । यो पीडा उनले आज मात्रै होइन । ६ वर्षदेखि भोगिरहेकी छिन् । कहिलेकाहीँ त उनको मनमा भक्कानो छुटेर आउँछ, रून्छिन्, फेरि सम्हालिन्छिन् ।
    समस्या बढ्दै गएपछि औषधिले काम गर्न छाडेको छ । ‘अहिले काठमाडौँमै सानो कोठा खोजेर छोरीलाई हप्तामा २ पटक डाइलासिस गराइरहेकी छु, अब गराउन सक्ने अवस्था छैन ।’ सुनिताको डायलासिस गर्न हप्तामै ११ हजारजति खर्च हुन्छ । आर्थिक अवस्था ज्यादै कमजोर भएकी गीताले धन्न ऋणपान गरेर यतिञ्जेल धानिरहेकी छिन् ।
    उनलाई मोलुङ गाउँपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको छ । अन्य निकायले सहयोग नगरेको उनले गुनासो गरिन् । छोरी बनाउन चार वर्षदेखिको उनको संघर्ष निकै दर्दनाक छ । सरोरकारवाला निकायलाई सहयोगको याचना गरेकी छिन् । ‘भएको २–३ रोपनी खरबारी पनि बेचियो’ उनले भनिन्, ‘अब घर बेच्न बाँकी छ ।’ उनलाई सहयोग गर्न गीता दर्जीलाई ९८६३९१७२२८ मा सम्पर्क गर्न सकिन्छ ।
    तस्वीरः अस्पतालमा उपचार गर्न भर्ना गरिएकी सुनिता दर्जी ।

    प्रतिक्रिया दिनुहोस