खैला वैला हाम्रो सुनी पल्ला घरमा पनि,
समृद्धि चाहिँ छट्पटीयो बास पाईन भनी।
जनताको विशाल माया ममताले गर्दा,
पहिला पनि अधुरो भो अंश छुट्याइ सर्दा।
केहि छैन गुदि कुरा प्राविधिक यात्रा ,
नेता मिले चुप लाग्छन् तल्लो तहका पात्र ।
रास्ट्रवादी झण्डा पनि उच्चो हुँदै गाको,
सगरमाथाको शिखर पनि झन् उज्यालो भाको।
यात्रा हाम्रो शोषित पीडित जनताको लागि,
हाम्रो पार्टी हुर्काई दिए भिक्षा दान मागि।
कति कात अभिभावक सहादत भए,
श्री सम्पति सकिएर सुकुम्बासी भए।
सवै अबसर त्यागि दिए आन्दोलनकै निम्ति,
नेता हाम्रो एक होलान् विगतलाई सम्झी।
तर आज उराँठ लाग्दो मौसम वद्ली हुन्छ,
निलो आकाश वादलले अन्धकार बन्छ।
कालो बादल हटाई देउन राजनेताहरु,
दु:ख अझै, खेप्दै अब नाङ्गै भोकै वरु।।
प्रतिक्रिया दिनुहोस