२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

पहिराेमा पुरिएका दुई जनाकाे शव भेटियाे

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन ।
    पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ ।

    जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए ।

    मल्लेसी गाउँ खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहा“ पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिए ।

    घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर त्यहा“ हेलिकप्टर आवश्यक भए–नभएको एकीन गरेपछि मात्रै उड्नका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । @onlinekhabar

    प्रतिक्रिया दिनुहोस