काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उनलाई काेरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस