२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, १ बेपत्ता

Thumbnail
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • गुल्मी-  जिल्लाको २ स्थानमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् ।

    इस्मा गाउँपालिकाको वडा नम्बर १ मल्दीमा  पहिरोले घर पुरिँदा नाबालकको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा १८ महिनाका सिरु सारुकोे मृत्यु भएको वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए  वडाध्यक्ष खत्रीका अनुसार अविरल वर्षाको कारण बिहीबार मध्यरातमा पहिरोले घर पुरेकाे हो । पहिरोमा परेकी सिरुकी आमालाई भने बासिन्दाले उद्धार गरेका छन् ।

    त्यस्तै मुसिकोट नगरपालिकामा पनि पहिरोमा १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर २ दलुङ निवासी भागिरथ घिमिरे पहिरोमा वेपत्ता भएका हुन् । घिमिरे बिहीबार राति मदिरा सेवन गरिरहेको बेला पहिरोमा परेका हुन् । घिमिरेसँगै मदिरा सेवन गरिरहेका २ जना भने बाँच्न सफल भएको नगरपालिका उप–प्रमुख कमला शर्माले बताइन् ।

    त्यही ठाउँका सूर्यवशींको गोठ पहिरोले पुरेको छ । गोठ पुरिँदा सबै चौपाया मरेका छन् ।  वर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अवरुद्ध भएका छन् ।

    प्रतिक्रिया दिनुहोस