काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न भर्खरै निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले अहिलेकाे नेकपािभत्रकाे विवादका वीच कसरी अघि बढ्ने छलफल गर्ने अनुमान गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस