काठमाडाैं- हरेक व जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदै छ ।
विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको ९५औँ वर्षको अवसरमा विश्व खेलकुद दिवस संसाभर मनाइँदै आएको हो ।
यो दिवस सन् १९९४ बाट मनाउन थालिएको हो। नेपाल सन २००६ मा एआइपिएसको सदस्य बनेको थियो । नेपालमा ठूला खालका खेलकुद गतिविधि धेरै हुन नसकेकै कारण खेलकुद पत्रकारिता पनि सोचेजस्तो रुपमा अगाडि बढ्न नसकेको सराेकारवालाकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस