२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

श्रीमानको हत्या आरोपमा युवती पक्राउ

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • रुकुमपूर्व – रुकुमपूर्वमा श्रीमानको हत्या गरेको आरोपमा एकजना युवती पक्राउ परेकी छन् । सिस्ने गाउँपालिका वडानम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय बिछोड विकलाई २० वर्षीया श्रीमती रेश्माले दाउराले हान्दा मृत्यु भएको बताइएको छ ।

    पारिवारिक विवादका कारण मंगलबार राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा मृत्यु  भएको वडानम्बर २ का वडाध्यक्ष जीवन केसीले बताए । उनका अनुसार बुधबार बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ ।

    मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।

    घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस