वीरगञ्ज- बाराको कलैयास्थित घरेलु तथा साना उद्योग कार्यालयका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरी पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले उक्त रकम घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस