२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
सम्पादकीय- अब नागरिक बोल्नुपर्छ

नागरिक बोल्ने मञ्चः नागरिक मिडिया

Thumbnail
  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • लोकतन्त्रको मुलभूत तत्व नै अभिव्यक्ति स्वतन्त्रता (निर्वाध लेख्न तथा बोल्न पाउने अधिकार) हो । यही माग गरेर नेपालीहरुले झण्डै ६ दशक कुनै न कुनै मुद्दामा लडाइ लडे । हामीले लोकतन्त्र ल्याएको पनि त्यसैका लागि हो ।

    संविधान प्रदत्त अधिकार हामीले सही रुपमा प्रयोग गरेनौं भने सत्ता निरंकुशताको बाटोमा जान्छ । अहिले सत्ता बाटोमा अलमलिने अवस्था आएको पनि नागरिक सहि ठाउँमा सहि आवाज नबोलेर नै हो । यसो भनिरहँदा लकडाउनमा समेत जुलुस चैं नागरिक सुतेर निस्कियो त ? भन्ने प्रश्न आउँछ ।

    स्वभाविक छ यो प्रश्न पनि । किनकी नागरिकको आवाज राज्यले सुनेको पनि छैन र नागरिक आवाज पनि निश्वार्थ सहि ठाउँमा आएको छैन ।
    यसो भनिरहँदा निम्छरो आवाज नसुनिने अनि सडकमा अनावश्यक अराजकता प्रर्दशन हुने अवस्था छ ।

    संविधान प्रदत्त अधिकार हामीले सही रुपमा प्रयोग गरेनौं भने सत्ता निरंकुशताको बाटोमा जान्छ । अहिले सत्ता बाटोमा अलमलिने अवस्था आएको पनि नागरिक सहि ठाउँमा सहि आवाज नबोलेर नै हो ।

    जहाँ बोलिएको छ, त्याहाँ आवाज धीमा छ, राज्यसत्ता सुन्दैन वा नसुनेझैं गर्छ । जहाँ बोलिन्छ त्यहाँ कि त कसैको स्वार्थमा लागि परिचालित जमात नाफाघाटाको हिसाब खल्तिमा राखेर आउँछ, कि त औचित्य र तथ्यहीन बोलि बोलिरहेको छ ।

    हो, यही कारण सत्ता अराजकता र भ्रष्टिकरणको बाटोमा गएको हो । यस कारण अब त्यो धिमा आवाज जुन सहि र तथ्यसहितको छ त्यसको पक्षमा इटा थप्न अर्थात् तथ्यमा आधारित सत्यको पक्षमा बोल्न नागरिक मिडिया डटकम शुरु भएको हो । हामीले प्रण गरेका छौं कि हामी हरेक नागरिकको आवाज बोल्छौं । निश्चिित प्रकृया पुरा गरेर आज अर्थात् ०७७ साउन १५ गते हामी नियमित अपडेटको ३० औं दिनमा आइपुगेका छौं ।

    यो छोटो अवधिमा तपाईं पाठकले गरेको विश्वासले नै हामी नेपालमा धेरै पढिने र हेरिने अनलाइन पत्रिका भित्र परेका छौं । यो पाठकको माया नै हो । आगामी यात्रा निकै चुनौतिपूर्ण हुने छन् । किनकी एकातिर लकडाउन अटे पनि कोरोना संक्रमणको त्रासले धेरै खालका गतिविधी ठप्पप्रायः छन् ।

    अर्कातिर आजभोलि सेवाभन्दा व्यापारका लागि खुलेका सञ्चारमाध्यमहरुको बोलवाला मात्रै चलेको छैन, कि स्वार्थ समुहको नाफा घाटामा पत्रकारिताका विषयवस्तु चयन हुँदै आएका छन् । जसले नागरिकको आवाज अर्थात् आवाज विहीनहरुको आवाज नारामा सिमित बनाइदिएका छन् ।

    आजभोलि सेवाभन्दा व्यापारका लागि खुलेका सञ्चारमाध्यमहरुको बोलवाला मात्रै चलेको छैन, कि स्वार्थ समुहको नाफा घाटामा पत्रकारिताका विषयवस्तु चयन हुँदै आएका छन् । जसले नागरिकको आवाज अर्थात् आवाज विहीनहरुको आवाज नारामा सिमित बनाइदिएका छन् ।

    त्यसभन्दा फरक पृष्ठभूमिमा हामीले शुरु गरेको अनलाइन पत्रकारिता नागरिक आवाज, जसको राज्यसत्तामा पहुँच छैन, उसको पक्षमा बोल्ने सहास गर्दा राज्यसत्ताको विपक्षमा आवाज उठाउनु पर्ने, भ्रष्ट, जाली र फटाहाहरुको विरुद्ध बोल्नु पर्दा तिनीहरुले देखाउने प्रतिक्रिया हामीले नजिकबाट नियालेका छौं । हामीलाई ३० दिनका अवधीमा प्राप्त सुझाव, प्रतिक्रिया र धम्कीपूर्ण अभिव्यक्तिले हामीलाई थप गहिराइमा पुगेर नागरिक आवाज बोल्न प्रेरणा दिएको छ ।

    नागरिक मिडियामा हरेक नागरिकले लेख्न र बोल्न पाउँछन् । आफ्ना विचार तथा तथ्यलाई सार्वजनिक गर्न सहजीकरण गर्ने हाम्रो मूल ध्येय हो । तसर्थ हामीलाई नागरिक मिडियाबाट आफ्ना विचार अभिव्यक्त गर्न लेखेर, भेटेर वा रेकर्ड गरेर उपलब्ध गराउनुहोस् । हामी ती विषयवस्तु प्रथामिकताका साथ प्रकाशन गर्छौं । तथ्यमा आधारित सबै खाले विचार राख्ने साझा मञ्चका रुपमा विकास गर्न हातेमालो गरौं यात्रा लामो छ । हामीले तपाईँहरुसँगै सहयात्रा गरेर लक्ष्यमा पुग्नु छ ।

    तपाईका विचार, सुझाव वा प्रतिक्रिया तथा सुचनाहरु  [email protected] वा [email protected] उपलब्ध गराउन सविनय अनुरोध छ । हामी नागरिकसँगै नागरिकको आवाज बोकेर यात्रारत छौं, रहनेछाैं।

    प्रतिक्रिया दिनुहोस